४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

शिखर इन्स्योरेन्सको नाफा ११ करोड, प्रतिसेयर आम्दानी कति ?

१ मंसिर, काठमाडौं। शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमाससम्ममा ११ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १.३३ प्रतिशतले बढी हो । कम्पनीले गत आवको सोही अवधिसम्ममा ११ करोड ९ लाख रूपैयाँभन्दा बढी खुद नाफा कमाएको थियो ।

कम्पनीको कुल आम्दानी ५६ करोड २२ लाख रूपैयाँभन्दा बढी छ भने कुल खर्च ४० करोड ६७ लाख रूपैयाँभन्दा बढी छ । कम्पनीले पहिलो त्रैमाससम्ममा २७ करोड ७८ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रूपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १६.९४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९.२४ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार १४:४८