५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेपाल बैंक लिमिटेड ८७ औँ बर्षमा प्रवेश, अझै सवल बनाउने प्रतिबद्धता

३० कार्तिक, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले आफ्नोे ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पुरा गरी ८७ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा बैंकको प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १५० जना रक्तदाताले भाग लिएका छन । नेपालको पहिलो बैंकलाई आधुनिक, सफल र नेतृत्वदायि बैंकको रुपमा यस अवस्थासम्म पुर्याउन साथ, सहयोग, समन्वय गर्ने सम्पूर्ण महानुभावहरुमा बैंकले कृतज्ञता व्यक्त गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

नेपाल बैंक लिमिटेडको ईतिहास

नेपालमा बैकिङ्ग प्रणालीको शुरुवात र विकासको हिसावले यो बैंक आजको बैकिङ्ग क्षेत्रमा आएको क्रान्तिको जग हो । भारतीय रुपैयाँको दबदवा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका इतिहासका स्वर्णीम पानाहरुमा सदा लेखिइ रहने छ । वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकको उद्घाटन तत्कालिन राजा त्रिभुवन विर विक्रम शाहले गरेका हुन् ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरुले सुरु गरेको यस बैंकको चुक्ता पूँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो । आजको दिनसम्म अनवरत विश्वासको ८७ औँ वर्षसम्म अटुट रूपमा बैकिङ्ग सेवा प्रदान गर्न सफल नेपाल बैंक लिमिटेडको लामो गौरवमय इतिहास रहेको छ ।

शताब्दीको हाराहारी अनुभव बटुलेको यस ऐतिहासिक बैकिङ्ग धरोहरले नेपाली मुद्रा र नेपाली नोट प्रचलनमा सहजता ल्याई राष्ट्रिय पहिचान र राष्ट्रिय एकताको प्रबद्र्धन गर्दै राष्ट्र निर्माणमा पु¥याएको योगदान विशेष रहेको छ । नेपाल बैंकले आफनो स्थापना कालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व वि.सं २०१२ सम्म देशको केन्द्रिय बैंकको रुपमा समेत कार्य गरी नेपालको बैंकिङ्ग क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गरिसकेको छ । सो पश्चात बाणिज्य बैंकको रुपमा देशको विभिन्न कालखण्डमा विषम परिस्थितिका बावजुद ग्राहक वर्गको असिम विश्वास र भरोसालाई अक्षुण राख्दै अगाडि बढेको छ ।

बैंकको भूमिका

नेपाल बैंक नेपाली माटो र हरेक नेपाली जनसँग प्रगाढ सम्बन्ध गासिएको बैंक हो । बालक, युवा, प्रौढ हुँदै जेष्ठ नागरिक सबैको रोजाइको बैंक बन्न सफल बनेको छ । सरकारी स्वामित्व रहेको कारणले पनि नाफा मात्र नभई उच्च सेवा भाव यस बैंकको मुख्य ध्येय हो । ठूला उद्यमी व्यवसायी देखि न्यून आर्थिक स्तर भएका नेपालीजन सधैं यस बैंकको प्राथमिकतामा रहेका छन् ।

गाँउ शहर, हिमाल, पहाड र तराई सबै क्षेत्रमा बसोबास गर्ने जनताको सेवामा अनवरत ८७ औं वर्षको सेवा प्रवाहमा नेपाल सरकारको नीति तथा कार्यक्रम हासिल गर्न टेवा दिदै, औद्योगिकीकरण एवम् समृद्धिको लागि अहम् भूमिका खेलेको छ । यस बैंकले समयसापेक्ष कर्मचारी क्षमतामा अभिवृद्धि गर्दै उत्कृष्ट प्रविधि मार्फत ग्राहक सेवामा व्यापक सुधार गरेको छ । बढ्दो प्रतिष्पर्धात्मक बैकिङ्ग व्यवसायमा यस बैंकले एक उत्कृष्ट बैंकको स्थान कायम राख्ने दिर्घकालीन रणनीतिका साथ अगाडि बढिरहेको छ । विगत लामो समयदेखि यस बैंकले उच्च नाफा आर्जन गरी शेयरधनीहरुलाई आकर्षक प्रतिफल दिंदै आएको छ ।

प्रविधिले ठुलो फड्को मारेको हालको विश्व वित्तीय बजारमा समयानुकुल नेपाल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय असल अभ्यास सहितको प्रविधिमैत्री बैकिङ्गलाई आत्मसात गरी जनतालाई अझ सरल तथा सहज वित्तीय सेवा प्रदान गर्दै व्यापार, उद्योग व्यवसायको प्रवद्र्धन मार्फत समग्र आर्थिक विकास तथा रोजगारी सिर्जनामा अझ शसक्त भूमिका खेलेको छ । नेपालमा बैंकिङ्ग साक्षरताको माध्यमबाट देशको कुनाकाप्चासम्म पुगेर बचत गर्ने संस्कृतिको विकास एवम् अनौपचारिक क्षेत्रबाट मात्र भईरहेको आर्थिक कारोवारलाई बैंकिङ्ग प्रणालीमार्फत व्यवस्थित गरी देशको आर्थिक विकासलाई प्रवद्र्धन गर्न यो बैंकको अग्रणी भूमिका रहेको छ ।

मुलुकको आर्थिक समृद्धिको खातीर सहरी इलाकादेखि दूरदराजका गाउँवस्तीसम्म शाखा कार्यालयहरु विस्तार गरि यस बैंकले आफूलाई समर्पित गरिरहेको छ । बैकिङ्ग सेवा सँगै सरकार र समुदायसँग रहेर कार्य गर्ने सोच अनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका थुप्रै समाज सेवाका कार्यहरुमा निरन्तर साथ दिइरहेको छ । प्राकृतिक प्रकोप, माहामारी लगायतका संकटहरुमा अग्रपङ्तीमा रहि बैंकले अतुलनीय भूमिका निर्वाह गरिरहेको छ । त्यसैगरी, वित्तीय पहुंचको विस्तार एवं वित्तीय समावेशीकरण मार्फत आर्थिक समृद्धिको आधारशीला निर्माणमा टेवा पु¥याउन देशव्यापी रुपमा वित्तीय ज्ञान एवम् चेतना प्रदान गर्दै विभिन्न साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । देशमा उधोग धन्दा तथा कलकारखाना स्थापनाको लागि सारथी बन्दै प्रत्यक्षपरोक्ष रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिमा सहयोग पुर्याउन यस बैंको ८६ औ वर्षदेखिको भूमिका अत्यन्तै अतुलनिय रहेको छ ।

वर्तमान अवस्था

हाल ७१ जिल्लामा शाखा सन्जाल विस्तार गरी बाह्य श्रोत समेत करीव ३६०० कर्मचारी मार्फत आधुनिक बैकिङ्ग सेवा विस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भएको नेपाल बैंकले २ सय २८ शाखामार्फत कारोबार, २ सय ४ वटा एटीएम तथा ५८ वटा एक्सटेन्सन काउण्टर मार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ । बैंकले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन पनि सफल भएको छ । बैंकका सबै वित्तीय सूचकहरु स्वस्थ र सन्तुलित देखिन्छन भने हरेक वर्ष ती सूचकहरुमा उल्लेख्य प्रगति भइरहेको छ । ८७ बर्ष अघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड छ । वि.सं. २०८० आषाढ मसान्तसम्म २ खर्ब ४४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ ।

प्रत्येक बर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने पूँजी पर्याप्तता अनुपात १४ दशमलव ४९ प्रतिशत र ३६ अर्ब ५८ करोड भन्दा बढि नेटवर्थ रहेको छ । प्रशस्त अचल सम्पत्ति, निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, व्याजदरको कम उतार÷चढाव, खराब कर्जा व्यवस्थापन लगायतका सूचकहरुमा समेत बैंक दरिलो देखिन्छ । बैंकले विगत आ.व. २०७६÷७७ देखि आफ्ना शेयरधनीहरुलाई नियमित रुपमा वोनस शेयर तथा नगद लाभांश प्रदान गर्दै आईरहेको छ ।

निक्षेप, कर्जा, तरलता तथा पूँजी पर्याप्तता लगायत बैकका अधिकांश परिसूचकहरु सबल रहेका छन् । बैंकको आधारदर प्रतिष्पर्धी रहेको छ । बैंकका अधिकांश कारोबारहरु डिजिटल माध्यम मार्फत सञ्चालन भईरहेको छ । ग्राहक सेवाको गुणस्तरमा कहि सम्झौत नगर्ने बैंकप्रति आम जनताकोे आकर्षण बद्दै गईरहेको छ । यी सबै अवस्था र परिसूचकहरु विश्लेषण गर्दा नेपाल बैंक लिमिटेड एक अब्बल, सक्षम र नेतृत्वदायी बैंकको रुपमा स्थापित भएको छ ।

यस बैंकले ऐतिहासिक विरासतका साथ आधुनिक प्रविधिलाई अंगिकार गरि डिजिटल बैकिङ्ग सुविधाहरुको विकास र विस्तार गर्दै सेवाग्राहीहरुको अपेक्षा अनुरुप बैंकलाई गतिशील, सहज, आधुनिक, प्रविधिमैत्रि र प्रतिस्पर्धी बनाएको छ । सरकारको नीति अनुरुप कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा प्राथमिकताका साथ बैंकले उल्लेख्य लगानी गरेको छ । परम्परागत बैकिङ्गबाट फड्को मार्दै नेपाल बंैकले आधुनिक बैकिङ्ग प्रणालीको पर्याय बनेको छ । यसका साथै सुरक्षित निक्षेप, सुलभ र सहज कर्जा, भरपर्दो रेमिट्यान्स, छिटो छरितो र सुरक्षित प्रतितपत्र, बैंक जमानत लगायत ट्रेड फाइनान्सका थुप्रै सुविधाहरु बैंकले उपलब्ध गराउँदै आईरहेको छ । जसले गर्दा ग्राहकको बैंक प्रतिको विश्वासलाई अझ मजबुत तथा प्रगाढ बनाएको छ ।

आधुनिक प्रविधिसँगै साक्षात्कार गर्ने युवा पुस्ताको बाहुल्यता रहेको यस बंैकमा सक्षम सञ्चालक, अनुभवि कुशल व्यवस्थापक तथा ज्ञान र प्राविधिक निपूणताले भरिएका जनशक्तिकै कारण आम नागरिकबीच नेपाल बैंक सदैव लोकप्रिय र विश्वसनीय छ । स्थापनाको ८७ वर्षे दौरानमा ग्राहक महानुभावहरुको अपार माया र सद्भावका कारण अनेक आरोह÷अवरोह पार गर्न बैंक सफल भएको छ ।

प्रतिबद्धता

सेवामा इमान्दारिता र व्यवसायिकता प्रस्तुत गर्न सकियो भने दिगो प्रतिफल सम्भव छ भन्ने अटल विश्वास हामी माझ स्थापित छ । आम नेपालीलाई सरल र सहज रुपमा अझ बढि प्रभावकारी, गुणस्तरीय, आधुनिक प्रविधिमैत्री एवं विश्वसनीय बैकिङ्ग सेवा प्रदान गर्ने हाम्रो अठोट छ । जस मार्फत राष्ट्रको उन्नति र प्रगतिमा अझ धेरै सहकार्य गर्ने र देशकोे आर्थिक निर्माणमा हामी सारथी बन्ने

प्रतिबद्धता व्यक्त गर्दछौं । दिगो आर्थिक विकास र समृद्धिका लागि परिलक्षित सरकारी नीति तथा कार्यक्रमहरुलाई आत्मसात गर्दै आर्थिक एवम् सामाजिक विकासका लागि सबै नेपालीहरूको वित्तीय पहुँच अभिवृद्धि गर्नमा योगदान गरिरहेको बैंकले आफ्नो सेवालाई सूचना प्रविधि मैत्री बनाउँदै आगामी दिनमा नेपालभर आफ्ना शाखा सन्जाल विस्तार गरी सेवा सुविधाहरुलाई अझ परिस्कृत गर्दै सेवाग्राहीलाई अब्बल सेवा प्रदान गर्न कटिबद्ध रहेको छ ।

विगत ८७ वर्ष देखि बैंकप्रति सेवाग्राहीहरुको जुन विश्वास र भरोसा छ हामीले यसलाई टुट्न दिएका छैनौं । संस्थागत सुशासनलाई अझ मजबुत बनाउँदै हाम्रा निक्षेपकर्ता, कर्जा ग्राहकहरुका लागि हामीले हरेक वर्ष र विशेष अवसरहरुमा नयाँ नयाँ स्किमहरु पनि ल्याइरहेको छ । हाम्रा कुशल व्यवस्थापन, दक्ष कर्मचारी र आधुनिक प्रविधिहरुको उच्चतम् प्रयोग मार्फत ८७ औं वर्षको यो यात्रामा साथ, सहयोग गर्नुहुने आम सेवाग्राहीहरुप्रति आगामी दिनमा पनि बैंकले अझ प्रतिस्पर्धी र सबल सेवा प्रवाह गर्नेछ भन्ने प्रण तथा हार्दिक आभार प्रकट गर्दछौं ।

बैंकले बढ्दो प्रतिस्पर्धामा आफुलाई अझै सवल बनाइ संस्थागत क्षमतामा अभिवृद्धि गर्दै डिजिटल प्रविधिलाई आत्मसाथ गरी अझ क्यासलेस बैंकिङ्गतर्फ अघि बढ्न नेपालको यो ऐतिहासिक वित्तीय धरोहर अनवरत रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार १०:३७