त्रिविको उपकुलपति सिफारिसका लागि तीन सदस्यीय समिति गठन
२४ कार्तिक, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिविको उपकुलपति सिफारिसका लागि समिति गठन गरेका छन । शुक्रबार कुलपति प्रचण्डले शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन ।
समितिको सदस्यमा शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी र त्रिविकै बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेका छन । यसअघिका उपकुलपति धर्मकान्त बास्कोटाले केहीदिनअघि अवकाश पाएका थिए । त्रिविका शिक्षाअध्यक्ष शिवलाल भुसालले बढीमा तीन महिनाका लागि अहिले निमत्त उपकुलपतिको जिम्मेवारी पाएका छन ।
प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार १५:२९