६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

धनतेरसको दिन तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२४ कात्तिक, काठमाडौँ । धनतेरसको दिन नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले बढेर तोलाको १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार ११:३२