उन्नति सहकार्य लघुवित्तको एफपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट
२३ कात्तिक, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा मागभन्दा साढे ३९ गुणा बढी आवेदन परेको छ । कम्पनीले मंगलबारदेखि निष्काशन गरेको एफपीओमा ६ लाख २६ हजार १५७ जनाबाट ७० लाख ६६ हजार ५६० कित्ता सेयरका लागि आवेदन परेको छ । जुन मागभन्दा ३९.६० गुणाले बढी हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गरेको छ। कम्पनीको एफपीओमा लगानीकर्ताले आगामी कात्तिक २४ गतेसम्म न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड ९सेबोन०बाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार ०९:२०












