६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

सुनको मूल्यमा निरन्तर गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

२२ कात्तिक, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ र  तेजावी सुन प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर तोलाको १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार ११:०१