उन्नति सहकार्य लघुवित्तको एफपीओमा कति पर्यो आवेदन ? यस्तो छ अपडेट
२२ कात्तिक, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा पहिलो दिनमा नै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले हिजो कात्तिक २१ गतेबाट निष्काशन गरेको एफपीओमा पहिलो दिनमा नै मागभन्दा १८.११ गुणा बढी आवेदन परेको हो ।
कम्पनीको एफपीओमा २ लाख ८३ हजार ३४४ जनाले ३२ लाख ३३ हजार २८० कित्ता सेयरको लागि आवेदन दिएका छन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ निष्कासन गरेको हो। लगानीकर्ताले उक्त एफपीओमा आगामी कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्। एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार ०९:१३












