७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

चिकित्सक कुटिएको भन्दै पाटन अस्पताल बन्द, चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित

२१ कार्तिक, काठमाडौँ । ललितपुरस्थित पाटन अस्पताल चिकित्सक र स्वास्थ्यकर्मीको आन्दोलनका कारण बन्द भएको छ । अस्पतालको सबै सेवा बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मी प्ले कार्डसहित प्रदर्शन गरिरहेका छन । बिरामीको मृत्युको विषयमा आफन्तहरूले चिकित्सक र स्वाथ्यकर्मी माथि हातपात गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन ।

मंगलबार सेवा लिन अस्पताल पुगेका बिरामीहरू निराश हुँदै घर फर्किए । दैनिक एक हजार भन्दा बढीले ओपिडी मार्फत स्वास्थ्य सेवा लिने गरेको अस्पताल चिकित्सक र स्वास्थ्यकर्मीले नै बन्द गराएपछि बिरामीहरू अस्पतालको गेटबाटै फर्किएका छन । अस्पताल भित्रसम्म पुगेका बिरामीलाई गार्डहरूले अहिले आन्दोलन चलिरहेको छ अब तिहारपछि मात्र आउनु भन्दै फर्काउने गरेका छन ।

अस्पतालम उपचार गराइरहेका दुई बिरामीलाई शनिबार सुईबाट औषधि दिएको केही समयमा नै मृत्यु भएको थियो । बिरामीको मृत्युपछि उनीहरूको आफन्तले ड्युटीमा रहेका केही चिकित्सक तथा नर्सहरुमाथि हातपात तथा दुर्व्यवहार गरेको उनीहरूको आरोप रहेको छ । निमोनियाको उपचार गराईरहेकी ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको सुईबाट औषधि दिएको केही समयमा नै मृत्यु भएको थियो ।

राई १६ कात्तिकमा र नगरकोटी १० कात्तिकमा उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । पाटन अस्पतालका मेडिसिन विभागका प्रमुख प्राडा युवराज शर्माले ड्युटीमा रहेकी नर्सले सुईमार्फत ‘सेफ्ट्रियाक्सोन’ र ‘हेपारिन’ भन्ने औषधि चलाएको पुष्टि गरेका छन । उनले उक्त सुइ अघिल्लो दिनमा पनि लगाइएको र त्यसले एलर्जीको कुनै संकेत नदिएको बताएका छन । प्राडा शर्माले दुबै औषधि सुरक्षित हुन र भर्ना भएका बिरामीलाई सबैभन्दा बढी प्रयोग गर्ने गरिएको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १०:४३