१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

देउराली बचत तथा ऋण सहकारीका निक्षेपकर्तालाई उजुरी गर्न सीआईबीको आह्वान

२० कात्तिक, काठमाडाैं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले देउराली बचत तथा ऋण सहकारी संस्थाबाट पैसा फिर्ता नपाएका निक्षेपकर्तालाई उजुरी गर्न आह्वान गरेको छ।

सीआईबीले सोमबार सूचना जारी गर्दै उक्त सहकारीबाट पैसा फिर्ता नपाएका निक्षेपकर्तालाई उजुरी दिन भनेकाे हाे। ‘देउराली बचत तथा ऋण सहकारी संस्था लि. केन्द्रीय कार्यालय,सातदोबाटो, ललितपुर भई भक्तपुर र काठमाडौं जिल्लाभित्रका सहकारीका सेवा केन्द्रहरुका निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछी रकम फिर्ता नपाएको भनि संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त पेश गरेकोमा उल्लेखित कसुर उपर मुद्धा दर्ता गरी यस व्यूरोबाट अनुसन्धान कार्य भईरहेकोले काठमाडौं र भक्तपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिहरु उपर प्रमाणसहित यस ब्यूरोमा यथाशिघ्र रितपुर्वकको जाहेरी दिनहुन सुचित गरिएको छ । ’ सीआईबी जारी गरेकाे सूचनामा भनिएकाे छ ।

सीआईबीलेदेउरालीका अध्यक्ष काभ्रेको चौंरी देउराली स्थायी घर भएका रवीन्द्र चौलागाईंलाई गत असोज १६ गते पक्राउ गरेको थियो। उनीमाथि सहकारी ठगीका साथै सांगठिक अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १६:३०