१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१९ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश प्रस्ताव गरेको छ।

बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १०:२७