सिटिजन्स बैंकको भूकम्पपीडितका लागि २५ लाख सहायता
१९ कात्तिक, काठमाडाैं । सिटिजन्स बैंकले सिटिजन्स बैंक इन्टरनेसनलले भूकम्पपीडितलाई सहयोग घोषणा गरेको छ । बैंकले जाजरकोट तथा रुक पश्चिममा गएको भूकम्पमा पीडित भएका नागरिकको सहायताका लागि आर्थिक सहयोग स्वरुप २५ लाख रुपैयाँ प्रदान गर्ने भएको हाे ।
शुक्रबार मध्यरातमा गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएकाे छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्याउदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा पनि उल्लेख गरेको छ ।
प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार ०९:२५