२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भूकम्पका कारण जाजरकोटमा ९२ र रूकुम पश्चिममा ३७ जनाको मृत्यु भएको पुष्टि

१८ कार्तिक, काठमाडाैँ । गएराति जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १२९ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ र रूकुम पश्चिममा ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्यस्तै भूकम्पमा परेर जाजरकोटमा ५५ जना र रूकुम पश्चिममा ८५ जना गम्भीर घाइते भएका छन । उनीहरूको स्थानीय अस्पतालमा उपचार हुँदैछ । मध्यरातमा भूकम्प गएका कारण धेरै ठाउँमा अहिले बिहानमात्र उद्धारको काम हुँदैछ । भूकम्पको क्षति निरीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड केहीबेर अघि मेडिकल टोलीसहित नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट उडेका छन । तस्बिरहरूः सामाजिक सञ्जालबाट साभार

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०७:३३