२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भूकम्प प्रभावित क्षेत्रको निरीक्षण गर्न सेनाको हेलिकप्टरमा जाजरकोट उडे प्रधानमन्त्री प्रचण्ड

१८ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिमको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरमा त्यसतर्फत प्रस्ताथन गरेका छन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रचण्ड जाजरकोट प्रस्थान गरेका हुन ।

जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति ११ः३७ बजे ६।४ म्याग्निच्यूडको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ । भूकम्पमा परी अहिलेसम्म एक सय भन्दा बढीको मृत्यु र एक सय भन्दा बढी घाइते भएको बिबरण प्राप्त भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यलेले जाजरकोटमा भूकम्पबाट  ९२ जनाको मृत्यु र ५५ जना घाइते भएको र रुकुम पश्रिममा ३६ जनाको मृत्यु भएको र ८५ जना घइते भएको पुष्टि गरेका छन ।

सबै सुरक्षा निकाय र स्थानीयहरूले अहिले पनि उद्धारको काम जारी राखेका छन । मध्यरातमा भूकम्प गएका कारण क्षतिको यकिन बिबरण संकलन भैसकेको छैन । भूकम्प प्रभावित क्षेत्रमा अहिले मानवीय साहयताकाे अभाव देखिएको छ । ग्रामिण क्षेत्रका कच्ची घरहरू धेरै भत्किएको प्रत्यक्षदर्शीले बताएका छन ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०७:१५