२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नुवाकाेटकाे किस्पाङमा अस्पताल बनाउन जग्गा दिने सरकारकाे निर्णय

१७ कात्तिक, काठमाडाैं । सरकारले नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेको ४ रोपनी जग्गा साेही गाउँपालिकामा ५ शय्याको आधारभूत अस्पताल भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको छ ।

विहिबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा सरकारले किस्पाङ गाउँपालिकामा अस्पताल भवन निर्माणका लागि उक्त जग्गा उपलब्ध गराउने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

मन्त्रीपरिषद् बैठकका अन्य निर्णय यस्ता छन्ः

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १६:४०