८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

नेपाल विश्वकपमा छनोट भएसँगै समर्थकहरुको उत्साह (तस्बिरहरू)

१७ कात्तिक, काठमाडौँ । नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ । आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा  छनोट भएको हो।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको हो ।

यूएईले दिएको एक सय ३५ रनका लक्ष्य नेपालले १७ दशमलव एक ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जीतमा विकेटकिपर आशिफ सेखले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा दुई छक्का र छ चौकाको सहयोगमा ६४ रन बनाए ।

कप्तान रोहित पौडेलले एक छक्का र तीन चौकको सहयोगमा ३५ रन बनाए भने गुलशन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए । यूएईका लागि निलान्स केस्वानी र बसिल हमिदले एक÷एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३४ रन बनायो । यूएईका लागि विकेटविकपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५४ बल खेल्दै दुई छक्का र आठ चौका प्रहार गरे । कप्तान मोहम्मद वासिमले १६ बलमा दुई छक्का र तीन चौकासहित २६ रन बनाए । आसिफ खानले १३, अलिसन सफारुले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १५:१३