महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग
१६ कात्तिक, काठमाडाैं । महालक्ष्मी विकास बैंकले आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने उद्देश्यले सञ्चालित आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग प्रदान गरेको हो ।
कम्पनीले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पुर्याउने उद्देश्यले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । ६ महिनादेखि ९ वर्षसम्मका १५० जनाबालबालिकाहरुलाई दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयले सुधार पश्चात करिब २०० जना बालबालिकालाई सेवाप्रदान गर्ने सामथ्र्य राख्ने बताइएकाे छ । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १६:४३