१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

माया बाँड्ने, खुसी साट्ने, बनाेस् दाजु तिहार

–पवित्रा मुडभरी

माया बाँड्ने, खुसी साट्ने, बनाेस् दाजु तिहार
तिम्राे दिर्घायूकाे माला गाँस्ने बनाेस् तिहार

नअाेइलिने मखमली झैँ चम्करहनु तिमी
दाजु बहिनीबिचकाे प्रेमलाई बाँध्ने बनाेस् तिहार

कहिले सुख कहिले दुख चलिदिन्छ जिन्दगी त
पैसा हैन ममतामा बाँच्ने बनाेस् तिहार

भाग्यमानी हुन् तिनी जसकाे दाजु बहिनी हुन्छन्
पिर व्यथा भुलाएर हाँस्ने बनाेस् तिहार

प्रकाशित मिति : November 9, 2018 at 6:33 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/