तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक
१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले कात्तिक १९ गतेदेखि २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो ।
तिहारमा सुनको असर्फी र चाँदीका मेडालियन सिक्का अभाव नहुने गरी मौज्दात रहेको राष्ट्र बैंक टक्सार महाशाखाले जनाएको छ । केन्द्रीय बैंकले उक्त अवधिसम्ममा हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गर्ने तयारी भइरहेको जनाएको छ । उक्त सिक्का खरिद गर्दा नगद वा QR मार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १५:३३












