२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

नुवाकोट बेलकोटगढीको क्षेत्रीय लिग भलिबलको उपाधि उर्जाशील युवा क्लबलार्इ

२२ कात्तिक, नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ मा भएको क्षेत्रीय लिग भलिबलको उपाधि स्थानीय उर्जाशील युवा क्लबले कब्जा गरेको छ । अायोजक रहेको उर्जाशील युवा क्लबले नै उपाधि जितेको हो ।  उपाधिसँगै नगद सात हजार रूपैयाँ पुरस्कार पाएको छ ।
स्थानीय लक्ष्मीश्वरी माविको खेल मैदानमा भएको भलिबल प्रतियोगितामामा चण्डेश्वरी युवा क्लब द्धितिय र चण्डेश्वरी युवा क्बल बी तृतीय भएको खेलका रेफ्री माधव मुडभरीले दैनिकीलार्इ जानकारी दिए ।  उनले द्धितिय र तृतिय हुने टिमले क्रमश नगद पाँच हजार र तीन हजार रूपैयाँ पाएको बताए ।
प्रतियोगितामा ६ वटा समूहको प्रतिस्पर्धा गराइएको थियो । छ वटा समूहको नेतृत्व शिवहरि मुडभरी, कृष्ण पुडासैनी, बिष्णुहरि मुडभरी, राजु मुडभरी, रोहित चाैधरी, विनोद मुडभरीले गरेका थिए । गाउँगाउँमा खेलकुदको विकास संस्थागत गर्नका निम्ति यस्ता खेलहरू अावश्यक रहेको सहभागी युवाहरूले बताएकाछन ।
 

प्रकाशित मिति : २२ कार्तिक २०७५, बिहीबार २१:४५