११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

आईपीओ जारी गरेकाे मूल्यभन्दा तल झर्यो सोनापुर मिनरल्सको सेयर भाउ

१५ कात्तिक, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्य लगातार चौथो दिन पनि घटेको छ । चौथो दिन पनि गिरावट आएपछि कम्पनीको सेयरमूल्य आईपीओ जारी भएको मूल्य भन्दा तल झरेको छ । बुधबार सुरुवाती कारोबारमै ९.०९ प्रतिशतले घटेर यस कम्पनीको सेयर प्रतिकित्ता २३० रुपैयाँसम्म आएको हो । जुन मूल्य आईपीओ निष्कासन गरिएको मूल्यभन्दा कम भने हो । कम्पनीले १०० अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता २३७.५८ मा आईपीओ निष्कासन गरेको थियो ।

नेप्सेमा आइतबार पहिलो कारोबार भएयता सोनापुरको मूल्यमा लगातार नकारात्मक सर्किट लागेको थियो । यसअघि आइतबार र सोमबार कम्पनीको मूल्य लगातार दुई दिन १० प्रतिशतले ले घटेर बन्द भएको थियो भने मंगलबार पनि ९.९८ प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १२:३१