३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

नेपाली सेनाको विरूद्धमा साइबर अपराध गरेको भन्दै डिल्लीराम खनाल पक्राउ

१४ कार्तिक, काठमाडाैँ । नेपाली सेनाको विरूद्धमा साइबर अपराध गरेको भन्दै डिल्लीराम खनाल पक्राउ परेका छन । नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले खनाल पक्राउ परेको विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

नेपाली सेनाको पत्रका अाधारमा खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खनाल झापाको दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय डिल्लीराम खनाललाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता रायले बताए। उनी सोमबार नै पक्राउ परेका हुन । उनले सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले कारबाहीका लागि साइबर ब्युरोलाई पत्र लेखेको थियो।

खनालविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुरमा थप अनुसन्‍धानको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ। खनाल यसअघि पनि कलाकार करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेर धराैटीमा छुटेका थिए ।

प्रकाशित मिति : 19:15