ओटीसी मार्केटमा १ अर्ब ७१ करोड रुपैयाँको सेयर कारोबार, वर्ल्डलिंकको मूल्य सबैभन्दा महँगो
१४ कात्तिक, काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ओभर दी काउन्टर (ओटीसी) बजारमा १ अर्ब ७१ करोड बढीको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जारी गरेको तथ्यांकअनुसार पहिलो त्रैमासमा ओटीसी बजारमा विभिन्न कम्पनीका कुल १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७४० रुपैयाँ बराबरको १ करोड ३६ लाख ७२ हजार १२० कित्ता सेयर किनबेच भएका छन्।
ओटीसी मार्केटमा कारोबार भएका कम्पनीहरु मध्ये सबैभन्दा महँगो सेयर वर्ल्ड लिंक कम्युनिकेसनको देखिएको छ । कम्पनीको सेयर प्रति कित्ता ९ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको १३ हजार ३ सय ९२ कित्ता सेयर कारोबार भएको हो ।
ओटीसी बजारमा कारोबार हुने अन्य कम्पनीहरुमा आइएमई डिजिटल सोलुसन, बिओके क्यापिटल , मुक्तिनाथ कृषि कम्पनी, बन्दीपुर् केवलकार, अन्नपूर्ण केवलकार, गरिमा क्यापिटल , काठमाडौँ मेडिकल कलेज लगायत रहेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १७:१९












