सूर्यज्योति लाइफसहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
१४ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.२९ अंकले घटेर एक हजार ८ सय ६४ दशमलब ४० विन्दुमा बन्द भएको हो । आज ५७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा गिरावट आउँदा सूर्य ज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ करोड ७० लाख ११ रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, स्टान्डर्ड चार्टड बैंकको १ करोड ६५ लाख ३६ हजार रुपैयाँ,नबिल बैंकको १ करोड ४८ लाख ७३ हजार रुपैयाँ, सिद्धार्थ बैंकको प्रमोटर सेयरको १ करोड ४५ लाख १० हजार रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको १ करोड ३४ लाख ९० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १५:२३












