२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

बुढानिलकण्ठमा भएको सवारी दुर्घटनामा बैंकमा कार्यरत नुवाकोटका अधिकारीको निधन

१४ कार्तिक, काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठमा भएको सवारी दुर्घटनामा बैंकमा कार्यरत नुवाकोटका एक युवाको निधन भएको छ । नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बरर ५ फेदीबेसी स्थायी घर भएका २७ वर्षका राजसागर अधिकारीको दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ । अधिकारी राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत रहेको उनको परिवारले जनाएको छ ।

आइतबार राति ९ बजेर १० मिनेटको समयमा महाराजगञ्ज चोकबाट बुढानिलकण्ठतर्फ जाँदै गरेको अधिकारी सावर ०१०४४ प ०५१३ नम्बरो स्कुटरलाइ बुढानिलकण्ठबाट महाराजगञ्जतर्फ आउँदै गरेको बा ९५ प २६०७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

तीब्र गतिको मोटरसाइलले ठक्कर दिँदा गम्भीर घाइते अवस्थामा त्रिवि शिक्षण अस्पताल पुर्याइएको अधिकारीको अस्पतालमै निधन भएको प्रहरीले जनाएको छ । अधिकारीसँगै स्कुटरको पछाडी सवार रहेका निश्चल दाहालको बागबजारमा रहेको मोडल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १३:२४