२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

श्री स्टील्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

१७ फागुन, काठमाडौं । श्री स्टील्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ।  कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

आईपीओ निष्काशनसम्बन्धी सम्झौतामा श्री स्टील्सका तर्फबाट प्रबन्ध सञ्चालक राजेश कुमार अग्रवाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड का प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीले हस्ताक्षर गर्नुभएकाे छ। उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको पनि उपस्थिति रहेको कम्पनीले जनाइएको छ।

प्रकाशित मिति : March 1, 2026 at 3:00 pm