१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

स्ट्यान्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो लाभांश, नगद कति ?

१४ कात्तिक, काठमाडौं ।  स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १९ प्रतिशत (करसहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रतिसेयर १९ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार ०९:१६