३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

बारामा गोली हानेर प्रिन्सिपलको हत्या

१३ कात्तिक, काठमाडौं । बारामा गोली  लागेर एक शिक्षकको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली लागेर कलैयास्थित एकता इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको मृत्यु भएको हो ।

सोमबार दिउँसो मोटरसाइकलमा आएका व्यक्तिहरूले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। गोली लागि गम्भीर घाइते भएका स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्जको बयोधा अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले बताए ।

प्रकाशित मिति : 15:49