११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

सेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम भने ६९ करोड सिमित

१३ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ ।  नेपाल एक्सचेञ्ज (नेप्से) आज ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बन्द भएको छ । सोमबार २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ ।

सोमबार पनि सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज साधना लघुवित्त वित्तीय संस्थाको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १५:२८