१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

२१ कात्तिक, काठमाडाैँ । अाज नेपालीहरूले  बेलुकी घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन । लक्ष्मीपूजा गर्दा नयाँ पात्र ल्याई त्यसमा धनदौलत राखी आँगनदेखि लिपपोत गरी चामलको पिठाले लक्ष्मीको पाइला बनाई ढुकुटीसम्म पु¥याई लक्ष्मीलाई घरमा अटल रहन स्तुति गरेर मनाइएको छ । धनसम्पत्तिलाई लक्ष्मीको प्रतीकका रुपमा पूजा गरिएको छ । लक्ष्मीको पूजा गर्दा विशेष रुपले दीपावली समेत गरिएको छ । महलक्ष्मीको पूजाआजा गर्ने यस रातलाई सुखरात्रि भन्ने गरिन्छ । (तस्बीरहरूः सामाजिक सञ्जाल)

प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार २२:१०