मुद्दति निक्षेपमा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक
१३ कात्तिक, काठमाडाैं । केन्द्रीय बैंकले मुद्दति निक्षेपमा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको विभिन्न कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १४ करोड १४ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ८८ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
केन्द्रीय बैंकले २०८० मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले कात्तिक १५ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।
प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १३:५९












