१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

कुमारी बैंकको  १ लाख १५ हजार बढी कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

१३ कात्तिक, काठमाडौं ।  कुमारी बैंकले १ लाख १५ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनीहरुका नाममा रहेको १ लाख १५ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय र टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समय अवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १०:२६