१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेपाल बैंकको सीईओका लागि १९ जनाले दिए आवेदन

१३ कात्तिक, काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत९सीईओ० का लागि १९ जनाको आवेदन परेको छ । बैंकले सीईओ कृष्ण बहादुर अधिकारीको कार्यकाल सकिएसँगै नयाँ सीईओको लागी आवेदन माग गरेको थियो । उक्त पदका लागि आवेदन दिने अन्तिम मिति आइतबार नै सकिएको छ ।

बैंकको सीईओ पदका लागि नेपाल बैंकको कामु सीईओ रहेकी समता पन्त, चिफ क्रेडिट अफिसर लक्ष्मण पौडेल, रिक्स म्यानेजमेन्ट डिपार्टमेन्ट सुन्दर पन्थी, नेपाल बैंककै पूर्व डिसिइओ राजुनाथ खनाल र पूर्व चिफ म्यानेजर तिलक पाण्डेले आवेदन दर्ता गराएका छन् । त्यस्तै कृषि विकास बैंकका वर्तमान डिजिएम प्रताप सुवेदी, राष्ट्रिय वाणिज्य बैंकका पूर्व डिसिईओ दिवेश लोहनी, कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य, प्रोफेसर ध्रुर्वचन्द्र गौतम, दीर्घ बहादुर अर्याल, तत्कालीन नेपाल बङ्गलादेश बैंकका डिसीईओ सुरेन्द्र भूषण श्रेष्ठ, सिन्धु विकास बैंकका पूर्व सीईओ रमेशराज जोशीले सीईओको लागी आवेदन दर्ता गराएका छन् ।

त्यस्तै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक अशोक पौडेल, नेपाल एसबिआई बैंकका पूर्व डिजिएम छविराज पन्त, एसविआई बैंकका एसिईओ विष्णुदेव यादव, प्रमोदबाबु तिवारी, विभु प्रसाद अर्याल, रामदेव यादव र शङ्कर केसीले सीईओको लागि आवेदन दिएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १०:१६