सोनापुर मिनरल्सको सेयरमा पहिलो दिनमै नकारात्मक सर्किट
१२ कात्तिक, काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलको सेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्काशन गरेको थियो । उक्त कम्पनीको आजबाट धितोपत्र दोस्रो बजारमा पहिलो कारोबार खुलेको हो।
पहिलो कारोबारका लागि नेप्सेले १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको यस कम्पनीको सेयर यस दिनको स्पेशल प्रि ओपन सेसनमा ३५० रुपैयाँमा कारोबार खुलेको थियो। नियमित बजार खुल्ने बित्तीकै ओरालो लागेको कम्पनीको सेयर अहिले १० प्रतिशत घटेर कारोबार भइरहेको छ।
मार्केट डेप्थ हेर्दा अहिले कम्पनीको सेयरमा बिक्रीकर्ताको ओइरो लागेको छ भने खरिदकर्ता शून्य छ। यस समाचार तयार पार्दासम्ममा १० प्रतिशत घटाएर प्रतिकित्ता ३१५ रुपैयाँमा बिक्री गर्ने २७ हजार ५१ अर्डर छन्।
प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १२:३२












