२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

कहिले हुन्छ मिर्मिरे लघुवित्तको एफपिओ बाँटफाँड ?

१२ कात्तिक, काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेलको एफपिओ यही साता बाँटफाँड हुने भएको छ । अबको केहि दिन मै बाँटफाँडको मिति तय हुने लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले जनाएको छ ।

एफपिओमा अन्तिम दिनसम्म १ अर्ब ६१ करोड ७४ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार १४ लाख २१ हजार ७७७ जना आवेदकले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ता लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १३०।६३ गुणा बढी आवेदन हो ।

कम्पनीको एफपिओ १२ हजार ३८१ जनाले १०र१० कित्ता र सोहि मध्येका ६ जनाले थप १र१ कित्ता गरि ११ कित्ता पाउनेछन् । भने एफपिओमा १४ लाखको हात रित्तो हुनेछ । कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६।४५ कित्ता एफपिओ निष्काशन गरेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १०:३९