आजदेखि सेयर बजार खुल्ने, अब कता जाला नेप्से ?
१२ कात्तिक, काठमाडौं । करिब एक हप्तादेखि बन्द रहेको सेयर बजारमा आज कात्तिक १२ गते आइतबारबाट खुल्नेछ । दसैं बिदाका कारण १ साता सेयर बजार बन्द भएको थियो ।
आजदेखि नियमित समय अर्थात् ११ बजेदेखि बजार खुल्नेछ । दसैं बिदापछि खुल्ने सेयर बजार अब कता जाला भन्ने लगानीकर्तामा उत्सुकता देखिएको छ ।दसैं बिदाअघिको एक सातालाई हेर्दा भने बजार समग्रमा केही बढेको थियो । यतिबेला लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश घोषणा र साधारण सभा गरिरहेका छन् ।
अब चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक हुनेछ । यस्तो अवस्थामा अब बजारले कस्तो गति लिने हो भन्ने आम लगानीकर्ताहरूमा चासोको बिषय बनेको छ ।
प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार ०९:४०












