२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

१० कात्तिक, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने घोषणा गरेको छ । साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट विभिन्न मितिमा बीमा गराएर व्यतित अर्थात् ल्याप्स भएका बीमालेखहरुमा कार्तिक १० गतेदेखि २२ गतेसम्ममा नविकरण तथा पुनर्जागरण गर्ने समय दिएको छ । त्यसरी नविकरण गर्दा शर्तसहित उल्लेख्य छुटको व्यवस्था गरिएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

३ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा शतप्रतिशत छुट, ३ वर्षभन्दा माथि ७ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ७ वर्षभन्दा माथि जतिसुकै अवधिको व्यतित बीमालेखमा ब्याज जरिवानामा २५ प्रतिशत छुट दिने कम्पनीले उल्लेख गरेको छ ।

व्यतित बीमालेख पूनर्जागरण गर्दा दिईएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र लागू हुने छ । कम्पनीबाट ब्याज जरिवाना छुट सुविधाको उपयोग गरी नविकरण गराईएका बीमालेखहरू नविकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावकहरूले नियमानुसार समर्पण गर्न चाहेमा बीमालेख नविकरण गर्दा छुट प्रदान गरिएको ब्याज जरिवाना वापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार १८:४१