नेशनल लाईफले गर्यो भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग
१० कात्तिक, काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बझाङको जयपृथ्वी नगरपालिका- ४ स्थित श्री बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुरेश प्रसाद खत्रीले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
उक्त विद्यालय गत असोज १६ गते आएको भूकम्पबाट क्षतीग्रस्त भएको थियो । सीईओ खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै यस्तो सहयोगले थोरै भएपनि राहत मिल्ने धारणा राखे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खातीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रधानाध्यापक केशर बहादुर खातीले शिक्षाका लागि कम्पनीले गरेको आर्थिक सहयोगबाट पुस्तकालय पुनर्निर्माण गरिने बताए ।
प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार १३:१८