२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

एएफपीमा कार्यरत पत्रकार सागर घिमिरेको निधन

३ कार्तिक, काठमाडौँ । एएफपीमा कार्यरत पत्रकार सागर घिमिरेको निधन भएको छ । शुक्रबार अपरान्ह घिमिरेको उपचारका क्रममा मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा घिमिरेको निधन भएको उनको परिवारले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि घिमिरे बिहीबार अस्पताल भर्ना भएर शुक्रबार बिहानै डिस्चार्ज भएका थिए । पुनः स्वास्थ्य समस्या देखिएपछि घिमिरे अपरान्ह अस्पताल पुगेका थिए । चिकित्सकले उनको मुटु फेल भएको बताएका छन ।

कोभिडकै असरका कारण मुटुमा समस्या देखिएका घिमिरेको सोही कारण निधन भएको अनुमान गरिएको छ । घिमिरेले बिगतमा न्यु बिजनेस एज, रिपब्लिका दैनिकमा काम गरेका थिए । घिमिरे हाल भने एएफपीमा मात्र कार्यरत रहेका थिए। घिमिरेको आमा, दिदी र भिनाजु हुनुहुन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार २१:२१