११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

नेप्सेमा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

२ कात्तिक, काठमाडौ । नेपाल स्टक एक्सचेन्जले (नेप्से) ले एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन गरेको छ । नेप्सेले घलेम्दी हाइड्रो लिमिटेडको २०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको २०० प्रतिशत हकप्रद पछि १२४ रुपैयाँ ८७ पैसामा मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १७४ रुपैयाँ ६० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा कात्तिक १२ गते आइतबारदेखि सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १६:२८