१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एभरेष्ट बैंकले सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने

२ कात्तिक, काठमाडौं । एभरेष्ट बैंकको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।काठमाडौंमा मंगबार सम्पन्न सभाले सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।

बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.५३ प्रतिशत नगद सहित २०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

साथै, बैंकले वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीलाई सम्मान गरेको छ । २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सम्मान गरेका छन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोपिला भ्याली सेवा समाज सुर्खेतलाई ५ लाख आर्थिक सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक केशव प्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउण्डेशनका राष्ट्रिय प्रतिनिधि डा। एसपी कलौनीलाई उक्त सहयोग हस्तान्तरण गरेका छन् । बैंकले हाल १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटिएमबाट सेवा दिइरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १३:५८