११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

नेप्सेमा ८२ लाख २१ हजार कित्ता सेयर सूचिकृत

२ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा नेशनल हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीको ५० प्रतिशत हकप्रद बापतको ८२ लाख २१ हजार ४५९.७११८ कित्ता सेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १३:४५