१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एनआइसी एशिया लघुवित्तले घोषणा गर्यो लाभांश, सेयरधनीलाई छैन बोनस सेयर

२ कात्तिक, काठमाडौं । एनआइसी एशिया लघुवित्तले लाभांश घोषणा गरेको छ । बुधबार साँझ बसेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको १८८ औं बैठकले आर्थिक वर्ष २०७९र८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांश सबै नगद लाभांश९कर प्रयोजनसहित० रहेको छ ।  हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई २६ करोड ९ लाख १६ हजार बराबरको नगद लाभांश वितरण गर्नेछ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी छैठौँ वार्षिक साधारण सभाबाट पारित भए पश्चात घोषित लाभांश लगानीकर्ताले पाउनेछन् ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार ०९:३५