एनएमबि बैंकले प्राप्त गर्यो २० मिलियन अमेरिकी डलर, यसरी हुनेछ उपयोग
१ कार्तिक, काठमाडाैँ । एनएमबि बैंक लिमिटेडले २० मिलियन अमेरिकी डलर प्राप्त गरेको छ । हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच उद्मी विकास बैंक (एफएमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको हो । बैंकले मंगलबार बिज्ञप्ति मार्फत यसको जानकारी दिएको छ ।
बैंक र एफएमओबीचको यस साझेदारीमा एफएमओबाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम साना तथा मझौला उद्यम विकास र प्रवर्द्धनका लागि प्राप्त भएको छ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत ग्रहकलाई उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १०:४४












