सेयर बजारमा दोहोरो अंकको सुधार, १ अर्ब ६६ लाखको कारोबार
३० असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.१८ अकंले बढेर १८६४.६२ बिन्दुमा बन्द भएको छ । ३८ लाख ९ हजार ७४३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६६ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका १७३ कम्पनीको सेयरमूल्य बढेको छ भने ५७ कम्पनीको सेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज चार कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज हाथवे इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार १५:१४












