२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

महिन्द्राको नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर अब कुपन्डोलमा

२९ असोज, काठमाडाैँ । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुप (बालाजु अटो वर्कस)ले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति ललितपुरको कुपन्डोलमा नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

असोज २९ गते सोमबार २ एस सर्भिस सेन्टरको उद्घाटन गरिएको छ । उद्घाटनमा महिन्द्राको क्षेत्रीय प्रबन्धक ए.पी.ए.सी., क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश) जोइदीप मोइत्रा, महिन्द्रा एण्ड महिन्द्राका चैतन्य कगलकार, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक सुसन श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मासहित महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नी ग्रुपका प्रतिनिधिहरुका साथसाथै अन्य अतिथिहरु उपस्थित रहेका थिए ।

ललितपुर र वरपर बसोबास गर्ने ग्राहकहरूलाई सुविधा दिन र समयमै सहयोग पुर्याउनका लागि यो नयाँ सेवा केन्द्र स्थापना गरिएको बालाजु अटो वर्क्सले जनाएको छ । बालाजु अटो वर्क्सले नयाँ २ एस ट्विन पीक सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव गर्न सबै ग्राहकहरूलाई अनुरोध गरेको छ ।

अग्नी ग्रुपले हाल नेपालभर रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिँदै अाएको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नी ग्रुप (बालाजु अटो वर्कस)ले आफ्ना सेवाहरु यसरी नै नेपालभर विस्तार गर्ने लक्ष्य लिएको छ ।

ग्राहकहरुले सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरुः १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्ने बालाजु अटोवर्कसले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १९:२७