१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

सेयर बजार दोहोरो अकंको गिरावट, १ अर्ब २५ करोडको कारोबार

२९ असोज, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक २३.१६ अकंले घटेर १८५१.४३ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा आज ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २५ करोड ३२ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाइ गरेका छन्‌ । यस दिन सयपत्री हाइड्रोपावर लिमिटेडका सेयरधनीले सर्वाधिक गुमाएका छन्‌ । सोमबार प्रभु बैंक लिमिटेडको प्रमोटर शेयरको कारोबार सर्वाधिक भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १५:२३