२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२९ असोज, काठमाडौं । मल्टीपर्पस फाइनान्सले आज ९असोज २९ गते०बाट सेयर बिक्रीमा राखेको छ । कम्पनीले अवितरित संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहको ६० हजार ६५० कित्ता गरी कुल १ लाख ४२ हजार ७७३ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले बिक्रीमा राखिएको सेयरमा कात्तिक १३ गतेसम्म खरिर आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुंगा ९पोखरा०, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा बोलपत्र पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १०:१६