२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

चितवनलाई ३ विकेटले हराउँदै पोखराले जित्याे पिपिएल उपाधि

२० कात्तिक, काठमाडौँ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखरा च्याम्पियन बनेको हो।पहिलो संस्करणको उपाधिसँगै पोखराले नगद २६ लाख रुपैयाँ जितेको छ।

 

चितवनले भने १० लाख रुपैयाँमा चित्त बुझाएको छ।चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले ४ बल खेल्न बाँकी छदा पूरा गरेको हो।अन्तिम ओभरमा ४ रनको आवश्यकता रहेको बेलमा विनोद भण्डारीले दोस्रो बलमा चितवनका भुवन कार्कीलाई चौका प्रहार गरेका थिए। उनी ५ रनमा नटआउट रहे।

पोखराका लागि रवि इन्द्र सिंहले उत्कृष्ट ब्याटिङ गरे। उनले ९० रन बनाए। उनले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गरे। पोखराका ओपनर कुशल भुर्तेल २ बल खेलेर ४ रनमा आउट भएका थिए। तर दोस्रो विकेटका लागि रवि इन्दर र आसिफ शेखबीच ६१ रनको साझेदारी भएपछि पोखराको इनिङले गति लिएको थियो। आसिफ १२ बलमा १२ रन बनाएर रनआउटको सिकार भएका थिए। उनलाई चितवनका सनी पटेलले डाइरेक्स हिडमार्फत रनआउट गरेका थिए।

 

 

प्रकाशित मिति : २० कार्तिक २०७५, मंगलवार १४:५२