४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

१८ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

२६ असाेज, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले असोज ३० गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो।

राष्ट्र बैंकले ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँ, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः माघ २ गते, २०८१ जेठ ४ गते र २०८१ असोज २९ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको आउँदो सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १६:३३