९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउने प्रधानमन्त्रीको घोषणा

२५ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउने बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित सुधारका लागि सहकार्य विषयक “राष्ट्रिय आर्थिक बहस“ कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसहितको बलियो संयन्त्र बनाउने जानकारी गराएका हुन् ।

त्यसअघि महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै पक्षको सहभागितामा उच्चस्तरीय संयन्त्र बनाउन प्रस्ताव गरेका थिए । यो प्रस्तावलाई समर्थन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि बोल्ड निर्णयको आवश्यकता भएको पनि बताएका छन् । ‘बैंकको ब्याज घटाउन प्रयास गरियो, बजेट र मौद्रिक नीतिबीचको तालमेल मिलाउन निकै लागियो, कित्ताकाट खुलाइयो तर पनि अर्थतन्त्रमा सुधार हुन सकेन, प्रचण्डले भने, अर्थतन्त्र समस्यामा भएकाले केही बोल्ड निर्णय नगर्ने हो भने समस्या गम्भीर हुनसक्छ, अर्थतन्त्रमा आएको दबाबको सामना गर्न समस्या हुनसक्छ ।’

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १३:२४